५ दिमाग हल्लाउने YouTube को तथ्य र आँकडा । Infographic | Kumar Magar


५ दिमाग हल्लाउने YouTube को तथ्य र आँकडा । Infographic | Kumar Magar

5 YouTube Facts
YouTube Facts, Figure and Statistics
YouTube आजको सबैभन्दा लोकप्रिय भिडियो प्लेटफर्म हो यूट्यूबको शानदार लोकप्रियता र सफलतामा यसको सरलता र सहजता नै धेरै कारण मध्ये एक मानिन्छ । यसले सिर्जनाकर्ता (Creator) हरूको लागि उनीहरूको कन्टेन्टलाई ठूलो दर्शकहरूको माझ सेयर गर्न धेरै सजिलो बनाएको छ । यसको परिणाम स्वरुप यसमा कन्टेन्ट सिर्जनाकर्ताहरूको लागि आफूलाई मनपर्ने विषवस्तु र वर्गहरूको एक विस्तृत श्रृङ्खला प्रदान गरेको छ । तपाईको इच्छा र चाहाना अनुसार चाखलाग्दो र रोचक कन्टेन्टहरू फिल्टर गरेर पाउन सक्नुहुने छ । अझै भनौं, यूट्यूबमा सबैका लागि केही छ । 


The Founders of YouTube Chad Hurley, Steve Chen and Jawed Karim


सन् २००५ मा तीन पूर्व PayPal का कर्मचारीहरू Chad Hurley, Steve ChenJawed Karim ले YouTube बनाएका हुन् । सन् २००६ मा गुगलले यूट्यूबलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो । स्थापना भएको १८ महिनामा यो मूल्यमा बिक्री हुन चानचुने कुरा होइन । त्यसपछि गुगलको अधिन(Subsidiaries) संस्थाको रुपमा काम गर्दछ । यसको उद्देश्य प्रयोगकर्तालाई छिटो र सजिलो भिडियो पहुँच र बारम्बार भिडियोहरू साझेदारी(Share) गर्ने क्षमता प्रदान गर्ने कार्य हो । यूट्यूब एक निरन्तर बढ्दो सामाजिक मिडिया प्लेटफर्म हो । यूट्यूबले भिडियो स्ट्रिमिङ उद्योगमा आफ्नो प्रबल स्थान राख्नुको एक मुख्य कारण यो एकदमै सुलभ हुनु ।


२३ अप्रिल २००५ मा यूट्यूबमा पहिलो पटक अपलोड गरिएको पहिलो भिडियो चिडियाखानामा एक संस्थापक Jawed Karim लाई देखाईएको थियो, "Me at the Zoo- मचिडियाघरमा" भन्ने शीर्षक दिएर । यो भिडियो जम्मा १८ सेकेण्डको मात्र रहेको छ । त्यस पछि, YouTube को यात्रा यो एक दशकमा ० देखि २ अर्ब प्रयोगकर्ता सम्म पुगेको छ । 

YouTube को ५ तथ्यहरू अब हेरौं ।

तथ्य-१ः-  २ अर्ब मासिक सक्रिय प्रयोगकर्ताहरू
Statista.com YouTube for Press का अनुसार २ अर्ब (2 billion plus Active users as on April, 2020) मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन् । यूट्यूब भन्दा धेरै मासिक सक्रिय प्रयोगकर्ता भएको एकमात्र सामाजिक सञ्जाल Facebook रहेको छ ।
Monthly Active User भन्नाले एक महिनाको अवधिमा कम्तीमा एक पटक लगइन गर्ने प्रयोगकर्ता (User) लाई जनाउँछ । सन् २०१९ मा Datareportal.com का अनुसार ७९ प्रतिशत इन्टरनेट(Internet) प्रयोगकर्ताहरूले आफूसँग YouTube Account रहेको बताएको थियो ।
YouTube Facts, Figure and Statistics
YouTube Facts, Figure and Statistics

तथ्य-२ः- १८-३४ बर्ष उमेरसमूहका पुस्ताको धेरै

YouTube for Press का अनुसार यूट्यूब प्रयोगकर्ताहरू मध्ये सबैभन्दा धेरै १८-३४ बर्ष उमेरसमूहका मात्र ९० प्रतिशत रहेका छन् ।

YouTube Facts, Figure and Statistics
YouTube Facts, Figure and Statistics

तथ्य-३ः-   YouTube ले हाम्रो भाषा बोल्छ 



YouTube Facts, Figure and Statistics
YouTube Facts, Figure and Statistics
यूट्यूबले १०० भन्दा बढी देशका ८० विभिन्न भाषाहरू (नेपाली सहित) मा YouTube लाई Navigate गर्न सकिने यूट्यूब फर प्रेसमा लेखिएको छ । जसले कुल इन्टरनेट जनसंख्या (Internet Population) को ९५ प्रतिशत हिस्सा ओगट्छ । सन् २०१९ सम्मको तुलनात्मक स्थितिलाई हेर्ने हो भने Facebook सँग नेपाली सहित ४३ भाषाहरूको विकल्प छ र अन्य ६० वटा भाषाहरूमा अनुवाद गर्न मिल्छ ।

बहुभाषामा सहयात्रा गर्न मिल्ने कारणले नै YouTube Contents लाई प्रयोगकर्ताले आफूले चयन/रोजेको भाषाको आधारमा पाउन सक्छ, न कि, प्रयोगकर्ताको Location को आधारमा होइन । यसैले पनि YouTube को प्रभावकारिता र लोकप्रियता धेरै रहेको छ ।



तथ्य-४ः-  ५०० घण्टाको भिडियो हरेक मिनेट अपलोड हुन्छ


सन् २०१९ सम्म Tubfilter का अनुसार हरेक मिनेट ५०० घण्टा बराबरको भिडियोहरू अपलोड गरिन्छ । हरेक घण्टामा ३०००० घण्टाको भिडियोहरू अपलोड हुन्छ भने हरेक दिन ७२०,००० घण्टाको भिडियोहरू अपलोड हुन्छ । यदि एक घण्टामा अपलोड गरिएका भिडियोहरूलाई तपाईले हेर्ने हो भने तपाईलाई ८२ बर्ष लाग्ने छ । अर्थात एक घण्टामा अपलोड हुने भिडियोहरू हेर्न तपाईको पुरै जिन्दगी बित्ने छ ।

YouTube Facts, Figure and Statistics
YouTube Facts, Figure and Statistics

तथ्य-५ः- हरेक दिन १ अर्ब घण्टा भिडियो हेरिन्छ


हरेक दिन १ अर्ब घण्टा YouTube मा भिडियोहरू हेरिन्छ । यसबाट अरबौं Views विश्वव्यापी रुपमा यूट्यूबमा आउने गर्दछ । यसैलाई हिसाब गर्ने हो भने, यदि पृथ्वीमा बस्ने हरेक मानिसले एउटा भिडियो हेर्ने हो भने औषत ८.४ मिनेट प्रतिव्यक्ति हुन आउनेछ । एक तथाङ्क अनुसार ६२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरूले आफ्नो भिडियो सामग्रीहरू(Video Contents) लाई पोष्ट गर्ने भरपर्दो माध्यम YouTube लाई रुचाइएका छन् । यो मामिलामा सामाजिक सञ्जालको बादशाह Facebook अग्रिणी स्थानमा रहेको छ । धेरै व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो ग्राहकहरूसँग जोडिएर रहनका लागि यूट्यूबको प्लेटफर्मलाई रोजेको पाइन्छ ।
एक तथ्याङ्कका अनुसार ९० प्रतिशत मानिसहरूले यूट्यूब मार्फत नयाँ-नयाँ ब्रान्ड र प्रोडक्टहरू खोज्ने तथा भेटाउने बताएको थिए । 

YouTube Facts, Figure and Statistics
YouTube Facts, Figure and Statistics

केही थप तथ्यहरूः-

·   ७० प्रतिशत भन्दी बढी YouTube Watch Time को Traffic मोबाइल उपकरणबाट मात्र आउँछ । बाँकी ३० प्रतिशत ट्राफिक मात्र अन्य उपकरणहरूबाट मात्र आउने गर्छ ।
·  Statista.com का अनुसार, सबै मोबाइल इन्टरनेटको डाउनस्ट्रिम ट्राफिकको ३७ प्रतिशत ट्राफिक केवल YouTube ले मात्र लिन्छ । यो मामिलामा केवल ८.४ प्रतिशत सहित Facebook दोस्रो स्थानमा रहेको छ ।
·  हालको सि.ई.ओ. Susan Wojcicki हो ।

Comments

Post a Comment

Popular Posts [लोकप्रिय पोष्टहरू]

रुकुमकोट देउराली गुफासम्मको यात्रा---कुमार गागे मगर

५ तस्बिरमा कमल ताल/दह (रुक्मिणी ताल) || Rukumkot Rukum East

प्रेमिल सन्ध्या || रुकुमकोट || तस्बिर संग्रह || Magnificent Twilight~Rukumkot ||