बाउन्न पोखरी
त्रिपन्न टाकुरीका नामले परिचित जिल्लारुकुम पूर्व, रुकुमकोटको बसाइमा
करिब १३ वटा महिनाहरु व्यतित भइसक्दा पनि रुकुमकोट देखिकरिब तीन/चार
किलोमिटरको दूरीमारहेको पर्यटकीय स्थल देउराली गुफा पुग्न सकिएको
थिएन । केही महिना पहिले देखि दुइचार जना सरहरुसँग घुम्न जाने कुरा त चलिरहे पनि
विविध कारणवश जान सकिरहेका थिएनौँ । एक साँझ अफिसबाट बाहिर निस्कने क्रममा विर
सरले "भोलि
फुर्सद हुन्छ भने देउराली गुफा घुम्न जाँऊन" भनि प्रस्ताव राख्नुभयो । "हुन्छ जाऊँ न त" भन्ने मेरो जवाफ
थियो । "तर, घुम्ने समय चाँहि
विहानै उचित होला, किनभने आजभोलि
दिनको समयमा घर्मी, हावाहुरी अनि
मध्यपहाड लोकमार्गको धुलोले हैरान पार्छ ।" मेरो सल्लाह थियोविर सर अनि हरी
सरलाई । अब केही घण्टाको घुमन्ते टोली तीनजनाको हुने पक्का भयो, शनिबार बिहान सात
बजेतिर जाने समयसीमा तय भयो ।
देउराली गुफा रुकुमकोट
देउराली गुफा रुकुमकोट
शनिबार बिहान केही अल्छी पारामा निद खुल्यो विहानको
सबै दैनिक कार्यक्रम टुङ्ग्याउँदा सम्म घडीको सुइँले साढे सात कताइसकेको थियो । कमलताल
नजिकै कमलदह होटेलमा खाजा खाएर जाने सल्लाह भयो । अरुलाई सोधपुच्छ गरेको
जानकारीलाई आधार मानेर स्पष्टको पथप्रर्दशक चिन्हहरु व्यवस्था नगरिएको हुँदा
अल्मलिदै करिब ४५ मिनेटको पैदलयात्रा पश्चात हामी रुमगाड(लुकुमगाड) खोलाको तिरैमा
रहेको पर्यटकीयस्थल देउराली गुफा पुग्यौँ । रुमगाड खोला केही मिटरको दुरीमा
सुसाउँदै थियो । चरा चुरुङ्गीको आवाजले वातारण बेग्लै आनन्दप्रद थियो । अब हाम्रो कौतुहलताको घडी सकिएको थियो, बाँकी थियो भने
त्यो थियो---अब प्रत्यक्ष दृश्यलोवकन गर्न मात्र ।
देउराली गुफा रुकुमकोट
देउराली गुफा रुकुमकोट
देउराली गुफा रुकुमकोट
जब गुफाभित्र प्रवेश गर्यौ, तबहामी अचम्मित र
मोहित थियौँ । गुफाभित्र विचित्र आकृतिहरु चुनढुङ्गामा प्राकृतिक रुपमै पोर्ट्रेट/चित्राङ्कित
रहेछन् । अजीव र विभिन्न खण्डहरुमा विभाजित गुफाको आकृति देखेर हामी चकित भयौँ । गुफामा
चमेरा पाइन्छ भन्ने सुनेको र पढेका थियौँ, तर हामीले देखेनौँ । सायद मौसम अनुसार कतै बसाइँ
सरेको हुनुपर्छ । गुफा भित्र कतै तपतप त कतै झरी नै पानी चुहिरहेको थियो । गुफाको
अधिकांश भागमा घुँडासम्म डुबाउन पानीको पोखरीहरु रहेछन् ।
हामी गुफाभित्र सेलफोनको टर्चलाइटले बाटो
पहिल्याउने काम गर्यौँ, कतै-कतै पानीको
धाराले सेलफोन बचाउन हम्य-हम्य परेको थियो । हामी गुफाभित्र करिब एक घण्टाभन्दा
बढी बितायौँ । गुफाको अवलोकन सकेर हामी केहीबेर सुस्तायौँ । अनि रुकुमकोटतर्फको
बाटो ततायौँ ।
गुफाभित्र रहेका धेरै जसो आकृतिहरु तोडफोड भएको
पनि देखिन्छ । शनिवार विदाको दिनमा पनि मान्छेहरुको आवतजावत थिएन । यसबाट सजिलै के
अनुमान लाउन सकिन्छ भने आन्तरिक पर्यटनको प्रचुर सम्भावना बोकेको देउराली गुफा संरक्षण
र प्रचारप्रचारको अभाव परेको देखिन्छ । केही संरक्षण र सम्वर्द्धनको प्रयास भएको त
देखिन्छ तर त्यतिले मात्र प्रभावकारी व्यवस्थापन र पव्लिसिटीमा नपुग देखिन्छ ।
गुफामा चैतेदशैँ र नयाँ वर्षको दिनमा मेला लाग्ने गरेको विभिन्न स्रोतहरुमा
उल्लेखित पाइन्छ।
A Truly Rolpali Text Style KA Graphics & YouTube Channel Logo EZINE Group Facebook Page Logo HiddenPage YouTube Channel Logo HiddenPage YouTube Channel Logo
समुद्रि सतहदेखि लगभग १२०० मि. देखि १४०० मि.को उचाईमा अवस्थित [बाउन्न पोखरी त्रिपन्न टाकुरि]को नामले प्रसिद्ध रुकुमकोट र कमल दह/ताल (रुक्मिणी ताल) को बारेमा थप जानकारी::: यहाँ क्लिक गर्नुहोस् कमल दह/ताल (रुक्मिणी ताल) सन् २०१९ मार्च / Kamal Tall (Lake) Rukumkot, Rukum Nepal कमल दह/ताल (रुक्मिणी ताल) सन् २०१९ मार्च / Kamal Tall (Lake) Rukumkot, Rukum Nepal कमल दह/ताल (रुक्मिणी ताल) सन् २०१९ मार्च / Kamal Tall (Lake) Rukumkot, Rukum Nepal कमल दह/ताल (रुक्मिणी ताल) सन् २०१९ मार्च / Kamal Tall (Lake) Rukumkot, Rukum Nepal कमल दह/ताल (रुक्मिणी ताल) सन् २०१९ मार्च / Kamal Tall (Lake) Rukumkot, Rukum Nepal The Lotus Hunters --- Rukumkot Rukum East
५ दिमाग हल्लाउने YouTube को तथ्य र आँकडा । Infographic | Kumar Magar YouTube Facts, Figure and Statistics YouTube आजको सबैभन्दा लोकप्रिय भिडियो प्लेटफर्म हो । यूट्यूबको शानदार लोकप्रियता र सफलतामा यसको सरलता र सहजता नै धेरै कारण मध्ये एक मानिन्छ । यसले सिर्जनाकर्ता (Creator) हरूको लागि उनीहरूको कन्टेन्टलाई ठूलो दर्शकहरूको माझ सेयर गर्न धेरै सजिलो बनाएको छ । यसको परिणाम स्वरुप यसमा कन्टेन्ट सिर्जनाकर्ताहरूको लागि आफूलाई मनपर्ने विषवस्तु र वर्गहरूको एक विस्तृत श्रृङ्खला प्रदान गरेको छ । तपाईको इच्छा र चाहाना अनुसार चाखलाग्दो र रोचक कन्टेन्टहरू फिल्टर गरेर पाउन सक्नुहुने छ । अझै भनौं , यूट्यूबमा सबैका लागि केही छ । The Founders of YouTube Chad Hurley, Steve Chen and Jawed Karim सन् २००५ मा तीन पूर्व PayPal का कर्मचारीहरू Chad Hurley , Steve Chen र Jawed Karim ले YouTube बनाएका हुन् । सन् २००६ मा गुगलले यूट्यूबलाई १.६५ अर्ब अमेरिकी डलरमा खरिद गरेको थियो । स्थापना भएको १८ महिनामा यो मूल्यमा बिक्री हुन चानचुने कुरा होइन । त्यसपछि गुगलको अधिन(Subsidiaries) संस्थाको र
Kamal Lake Rukumkot, Nepal बाहुनथाना रुकुमकोट छिप्रिदह रुकुमकोट [ Chhipridaha Rukumkot ] कमलदह रुकुमकोट [ Kamal D aha Rukumkot ] छिप्रिदह बजार [ Chhipri Daha Bazar Rukumkot ] झुम्कामारे रुकुमकोट [ Jhumka Mare Rukumkot ] कमल दह/ताल [ Sunset View & Kamal Taal Rukumkot ] लुस्पाधारा/रुकुमकोट [ Luspa Dhara Rukumkot ] कमलदह रुकुमकोट [ Kamal D aha Rukumkot ] The Lotus Hunters---- Kamal Lake Rukumkot, Rukum East Deurali Cave | Deurali Gufa ---- Rukumkot Rukum East
Comments
Post a Comment