Posts

Showing posts from April, 2019

रुकुमकोट देउराली गुफासम्मको यात्रा---कुमार गागे मगर

Image
#घुमन्ते मिति::२०७५/१२/२३ शनिबार Kumar Gage Roka Magar बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित जिल्ला रुकुम पूर्व , रुकुमकोटको बसाइमा करिब १३ वटा महिनाहरु व्यतित भइसक्दा पनि रुकुमकोट देखि करिब तीन/चार किलोमिटरको दूरीमा रहेको पर्यटकीय स्थल देउराली गुफा पुग्न सकिएको थिएन । केही महिना पहिले देखि दुइचार जना सरहरुसँग घुम्न जाने कुरा त चलिरहे पनि विविध कारणवश जान सकिरहेका थिएनौँ । एक साँझ अफिसबाट बाहिर निस्कने क्रममा विर सरले " भोलि फुर्सद हुन्छ भने देउराली गुफा घुम्न जाँऊ न " भनि प्रस्ताव राख्नुभयो । " हुन्छ जाऊँ न त " भन्ने मेरो जवाफ थियो । " तर , घुम्ने समय चाँहि विहानै उचित होला , किनभने आजभोलि दिनको समयमा घर्मी , हावाहुरी अनि मध्यपहाड लोकमार्गको धुलोले हैरान पार्छ । " मेरो सल्लाह थियो विर सर अनि हरी सरलाई । अब केही घण्टाको घुमन्ते टोली तीनजनाको हुने पक्का भयो , शनिबार बिहान सात बजेतिर जाने समयसीमा तय भयो । देउराली गुफा रुकुमकोट देउराली गुफा रुकुमकोट शनिबार बिहान केही अल्छी पारामा निद खुल्यो विहानको सबै दै